काठमाडौं । ग्लोबल आइएमई बैङ्क लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सव र विश्व वातावरण दिवसको अवसरमा काठमाडौंको टोखा नगरपालिका र खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।

टोखा नगरपालिकाका विभिन्न विद्यालयमा बैङ्कले १,००० फलफूलका बिरुवा रोपेको छ । उक्त कार्यक्रममा टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी र स्थानीय बासिन्दाको सहभागिता रहेको थियो ।
यसैगरी, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका विभिन्न वडामा १,५०० बाँसका बिरुवा रोपिएको छ। कार्यक्रममा खोटाङका प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिका प्रमुख, नगरपालिका प्रमुख, नेपाली सेना, नेपाल प्रहरीका प्रतिनिधि र स्थानीय बासिन्दाको उल्लेख्य सहभागिता रहेको थियो ।
बैङ्कले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा चालु आर्थिक वर्षमा देशभर १८,००० बिरुवा रोप्ने लक्ष्य राखेको छ । विश्व वातावरण दिवसको अवसरमा सातवटै प्रदेशका विभिन्न स्थानमा वृक्षारोपण कार्यक्रम सञ्चालन भइरहेको छ । यी कार्यक्रमले जलवायु परिवर्तन न्यूनीकरण र स्थानीय समुदायको आयआर्जनमा सहयोग पुग्ने बैङ्कको विश्वास छ ।
ग्लोबल आइएमई बैङ्क ‘ग्लोबल फाइनान्स बेस्ट बैङ्क अवार्ड २०२४’ र ‘युरोमनी अवार्ड फर एक्सेलेन्स २०२४’ अन्तर्गत नेपालको उत्कृष्ट बैङ्कको रूपमा सम्मानित भएको छ । साथै, बैङ्कले विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थाबाट थुप्रै पुरस्कार प्राप्त गरेको छ । मुलुकका ७७ वटै जिल्लामा शाखा सञ्जाल भएको यो निजी क्षेत्रको पहिलो वाणिज्य बैङ्क हो। बैङ्कले ३५४ शाखा, ३८५ एटीएम, २०२ शाखारहित बैङ्किङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित १,१०० भन्दा बढी सेवा केन्द्रमार्फत उत्कृष्ट बैङ्किङ सेवा प्रदान गर्दै आएको छ ।
बैङ्कले संयुक्त राज्य अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डनलगायत देशबाट रेमिट्यान्स सेवा प्रदान गर्दै आएको छ ।