Logo
Logo

पोर्चुगलले ३,२७९ नेपालीलाई देश छाड्न भन्यो


5.5k
Shares

काठमाडौं । पोर्चुगल सरकारले ३,२७९ नेपालीसहित ३३,९८३ आप्रवासीलाई अस्थायी आवास अनुरोध अस्वीकार गर्दै जुन महिनाको तेस्रो हप्तासम्म स्वैच्छिक रूपमा देश छाड्न सूचित गरेको छ । यो सङ्ख्या आवेदन दिएकामध्ये १८.५५ प्रतिशत हो । अस्वीकृत आवेदकलाई २० दिनभित्र देश छाड्नुपर्ने कानुनी प्रावधान छ, नत्र जबरजस्ती निष्कासन हुन सक्छ ।

सबैभन्दा बढी भारतीय (१३,४६६), ब्राजिलियन (५,३८६), बंगलादेशी (३,७५०), नेपाली (३,२७९) र पाकिस्तानी (३,००५) को आवेदन अस्वीकृत भएको मन्त्री एन्टोनियो लेइटाओ अमारोले प्रेस सम्मेलनमा बताए । आवेदन अस्वीकार हुनुमा अपूर्ण कागजात, जवाफ नदिनु र आपराधिक रेकर्ड मुख्य कारण रहेका छन् । 

आप्रवासी व्यवस्थापन गर्ने एजेन्सी ‘आइमा’ले १,८४,०५९ आवेदनको प्रक्रिया पूरा गरेको छ । बाँकी २ लाख आवेदनको छानबिन जारी छ, जसले गर्दा देश छाड्नुपर्ने आप्रवासीको सङ्ख्या थप बढ्ने अनुमान छ।

प्रतिक्रिया दिनुहोस्