Logo
Logo

विपक्षी दलहरुको बैठक बानेश्वरमा जारी


1.2k
Shares

काठमाडौं । भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लखेकको राजीनामा माग गर्दै संसद् अवरोध गर्दै आएका विपक्षी दलहरुको बैठक बानेश्वरमा बसिरहेको छ । अहिले भर्खरै सुरु भएको बैठक जारी छ ।

प्रमुख प्रतिपक्षी नेकपा माओवादीको आह्वानमा बानेश्वरस्थित संसद् भवनमा विपक्षी दलहरुको बैठक बसेको हो । बैठकमा संसद् अवरोध जारी राखेको अवस्थामा अब के गर्ने भन्नेबारे छलफल भइरहेको हो ।

बैठकमा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी लगायत सहभागी छन् । नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेका अनुसार बैठकमा संसद् अवरोध जारी रहेको अवस्था के गर्ने भन्ने विषयमा छलफल भइरहेको छ ।

आजै यसअघि सिंहदरबारमा सभामुख देवराज घिमिरेले प्रमुख तीन दलका प्रमुख सचेतकसँग गरेको छलफल निष्कर्षबिहिन बनेको थियो । सत्ता पक्षले गृहमन्त्रीले राजीनामा नदिने र उनीमाथि छानबिन समिति पनि नबन्ने अडान दोहो¥याएपछि बैठक निष्कर्षविहीन बनेको हो ।

बैठक सहभागी प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले गृहमन्त्रीले राजीनामा दिनुपर्ने अडान कायमै राख्दै यही अवस्थामा संसद् बैकठ चल्न नदिने बताएका थिए ।

आज एक बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ । तर, अहिलेसम्म बैठक सुरु भएको, छैन ।

प्रतिक्रिया दिनुहोस्