Logo
Logo

दाङमा बस दुर्घटना, २५ जना घाइते


441
Shares

काठमाडौं । दाङमा यात्रुवाहक बस दुर्घटना हुँदा २५ जना भन्दा धेरै घाइते भएका छन् ।

आइतबार बिहान दंगीशरणको गोलटाकुरीबाट तुलसीपुरतर्फ आउँदै गरेको ना १ ख ४००९ नम्बरको बस बखरिया ओरालोमा सडकबाट झण्डै पाँच मिटर तल खसेर दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी चक्रबहादुर शाहले दुर्घटनाका घाइतेलाई उपचारको लागि राप्ती प्रादेशिक अस्पतालमा लगिएको जानकारी दिए । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्