काठमाडौं । नेपाल टेलिकमको बिलिङमा भ्रष्टाचार गरेको अभियोगमा प्रबन्ध निर्देशक संगीता पहाडी, पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेलसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पहाडी, पौडेलसहित १८ विरुद्ध आइतवार विशेष अदालतमा मुद्दा दायर गरेको हो । उनीहरूले नेपाल टेलिकमको बिलिङ प्रणाली मर्मत गर्न ठेक्का प्रणाली लम्ब्याएर भ्रष्टाचार गरेको आरोप अख्तियारले लगाएको छ।

विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालले विशेष अदालतमा १८ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको जानकारी दिए ।
प्रतिवादीविरुद्ध ३३ करोड ४३ लाख रुपैयाँ बिगो मागदाबी गरेको छ । तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल, प्रबन्ध निर्देशक संगीत पहाडी, तत्कालीन प्रमुख प्राविधिक अधिृकत प्रतिभा श्रेष्ठ, तत्कालीन प्रमुख वितिय अधिकृत राजेन्द्र श्रेष्ठ, तत्कालीन प्रमुख सञ्चालक अधिकृत झविन्द्रलाल उपाध्यय, तत्कालीन निर्देशक विनिता श्रेष्ठ, तत्कालीन निमित निर्देशक अमूल प्रधान, तत्कालीन प्रबन्धक देवेन्द्र खतिवडा, तत्कालीन उपप्रबन्धक राजीव कुमार के.सी., तत्कालीन उपप्रबन्धक सन्तोष कुमार श्रेष्ठ, तत्कालीन उपप्रबन्धक नवल चौधरी, तत्कालीन उपप्रबन्धक मुक्ति प्रसाद अर्याल, तत्कालीन उपप्रबन्धक हेमप्रभा कर्ण, तत्कालीन उपप्रबन्धक परामात्मा भट्टराईविरुद्ध मुद्दा दायर भएको छ ।
त्यस्तै एसियालन्फो युङहाङ सफ्टवेयर बेजिङको एएमसी विथ अपग्रेडको सम्झौतामा संलग्न सिनियर डाइरेक्टर लङ योग, एसियालन्फो युङहाङ सफ्टवेयरको सीआरबीसी एन्ड सीएस प्रोजेक्ट अफिस काठमाडौंमा तत्कालीन प्रोजेन्ट म्यानेजर युअङ वेल, एसियालन्फो युङहाङ सफ्टवेयरको लोकल एजेन्ट अरनिको इन्टरनेशनलको डाइरेक्टर शैलेश श्रेष्ठ र
एसियालन्फो युङहाङ सफ्टवेयरविरुद्ध मुद्दा दयार भएको छ ।
बिलिङ प्रकरणमा ९ करोड ८८ लाख रुपैयाँ हानि नोक्सानी गरेको देखिएकाले हानि नोक्सानी गरे बराबरको रकम असुल उपर गर्नसमेत अख्तियारले मागदाबी गरेको छ।
नेपाल टेलिकमबाट प्रतिस्पर्धा बिना करिब ३ अर्ब १५ करोड रुपैयाँको ठेक्का सम्झौतामा कैफियत देखिएपछि अख्तियारले विस्तृत अनुसन्धान गरेको थियो ।
२०७९ पुसमा भएको ठेक्का सम्झौता अनुसार चिनियाँ कम्पनी एसिया इन्फो नामक कम्पनीले वार्षिक करिब ६५ करोड रुपैयाँका दरले पाँच वर्षमा ३ अर्ब रुपैयाँ भन्दा बढी भुक्तानी पाउने स्थिति बनेको थियो।
२४ जनामाथि चलेन मुद्दा
अख्तियारले यो प्रकरणमा अनुसन्धानको दायरामा आएका २४ जनामाथि भने मुद्दा चलाएको छैन ।
तत्कालीन सञ्चार सचिव एवं सञ्चालक समितिका अध्यक्षहरू हरिप्रसाद बस्याल, डा। बैकुण्ठ अर्याल लगायत २४ जनाविरुद्ध मुद्दा चलेको छैन ।
अख्तियारले टेलिकमका सञ्चालक समिति सदस्यहरू रहेका सहसचिवहरु भुपाल बराल, उत्तरकुमार खत्री एवं अरु सदस्य शंकर लामिछाने माथि मुद्दा चलाएको छैन ।
मुद्दा नचल्नेमा कम्पनी सचिव राजेन्द्र अर्याल, तत्कालीन प्रबन्ध निर्देशक डिल्लिराम अधिकारी, तत्कालीन प्राविधिक अधिकृत भानुराज श्रेष्ठ, तत्कालीन निर्देशक राधाकृण्णा ढुङ्गेल, तत्कालीन नायव प्रबन्धक निर्देशक मिनु प्रधान पनि छन् ।
कम्पनीका तत्कालीन निर्देशक सविना मास्के, तत्कालीन प्रबन्धकहरू हरि ढकाल, गंगासागर मातंछे, कुमारप्रसाद खतिवडा, प्रकाश मानन्धर, सुवोध रिमाल, शोभन अधिकारी, अनुप रेग्मीमाथि मुद्दा नचल्ने निर्णय भएको छ ।
यसैगरी कम्पनीका तत्कालीन उपप्रबन्धकहरू मणिराज पौडेल, सुदिपराज घिमिरे, सरोज प्रधान, सन्तोष भण्डारी र तत्कालीन वरिष्ठ इन्जिनियर प्रयाग खड्कामाथि मुद्दा नचलाउने निर्णय भएको हो ।














