Logo
Logo

प्रतिनिधिसभामा आज पनि विपक्षीको अवरोध, बैठक भोलिसम्मको लागि स्थगित


630
Shares

काठमाडौं । प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले आज पनि अवरोध गरेका छन् । प्रतिपक्षी दलहरूले अवरोध गरेपछि बैठक सोमबार दिउँसो दुई बजेसम्मको लागि स्थगित भएको छ ।

विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकमाथि छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै आज पनि प्रतिनिधिसभा बैठक अवरोध गरेका हुन्।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरूले संसद् अवरोध गर्दै आइरहेका छन् । प्रतिनिधि सभाको बैठक यही जेठ १३ गते देखि सौहार्द बन्न सकिरहेको छैन । यसअघि दैनिक बैठक बोलाइए पनि अवरोधका कारण चल्न सकेको छैन ।

आइतबारसम्म आइपुग्दा माओवादी र रास्वपा कांग्रेसको प्रस्ताव अनुसार मध्यमार्गी प्रस्तावमा अगाडि बढ्न लचक भएपछि कांग्रेस नेताहरू एमालेसँगको छलफलमा जुटेका छन् । यद्यपि सहमति जुटिसकेको छैन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान सकाएपछि भिजिट भिसा प्रकरणको समग्रतामा अध्ययन गर्ने गरी छानबिन समिति बनाउने विषय कांग्रेसले अगाडि सारेको हो ।

त्यस्तो समितिले २०६४ साल यता भिजिट भिसाको नाममा विदेश जानेसँग अपारदर्शी रुपमा आर्थिक लेनदेन भए/नभएको हेर्ने गरी कार्यक्षेत्र तोक्ने गरी मध्यमार्गी प्रस्ताव अगाडि बढेको छ ।

प्रतिक्रिया दिनुहोस्