
काठमाडौं । विपक्षी दलहरुले संसदको अवरोध कायमै राख्ने निर्णय गरेका छन् । सोमबार संसद् भवनमा बसेको विपक्षी दलहरुको बैठकले सत्तापक्ष भिजिट भिसा प्रकरणको छानबिनका लागि समिति गठन गर्न तयार नभएसम्म संसद् अवरुद्ध गर्ने निर्णय गरेको हो ।
बैठकपछि नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले समिति गठन नभएसम्म संसद अवरोध गर्ने रणनीति यथावत् राख्ने निर्णय भएको जानकारी दिए । भिजिट भिसा प्रकरणको निष्पक्ष र पारदर्शी छानबिनका लागि संसदीय समिति आवश्यक रहेको अडान विपक्षीले कायमै राखेपछि आज दिउँसो २ बस्ने तय भएको संसद् बैठक पनि अनिश्चित देखिएको छ ।
गृहमन्त्री रमेश लेखकको नाम भिजिट भिसा प्रकरणमा जोडिएपछि विपक्षी दलहरुले संसदीय छानविन समििित गठन हुनपर्ने, गृहमन्त्रीले राजीनामा दिनुपर्ने लगायतका माग राख्दै यहित जेठ १३ गतेदेखि निरन्तर संसद अवरोध गर्दै आइरहेका छन् ।