Logo
Logo

गृह र सामान्य प्रशासन मन्त्रालयलाई कर्मचारी व्यवस्थापन गर्न निर्देशन 


2.6k
Shares

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले दरबन्दीभन्दा बढी कर्मचारी नखटाउन र कर्मचारीलाई सात दिनभित्र व्यवस्थापन गर्न गृह र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिएको छ ।

निर्देशनमा दरबन्दीभन्दा बढी कर्मचारी कार्यरत निकाय र कार्यरत कर्मचारीको नाम नामसहितको विवरण प्रधानमन्त्री कार्यालयलाई बुझाउन भनिएको छ ।निर्देशन कार्यान्वयन नभए प्रचलित कानुन बमोजिम कारबाही गर्ने चेतावनी प्रधानमन्त्री कार्यालयले दिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका शासकीय क्षेत्र हेर्ने सचिव गोविन्द कार्कीले गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडी र सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्थलाई यही जेठ २१ गते चेतावनीयुक्त पत्र लेखेर कानुन विपरीत कर्मचारी खटनपटन नगर्न निर्देशन दिएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रवक्ता प्रेम प्रसाद आचार्यले गृह र सामान्य प्रशासन मन्त्रालयमा पत्राचार गरिएको जानकारी गराए । अख्तियारमा भिजिट भिसा प्रकरणमा दरबन्दी भन्दा बढी कर्मचारी खटाइएको भनेर अख्तियार उजुरी परेको थियो । सोहीअनुसार प्रचलित कानुनी व्यवस्था सम्झाउँदै तत्काल कर्मचारीको व्यवस्थापन गर्न निर्देशन दिएको हो ।

प्रतिक्रिया दिनुहोस्