Logo
Logo

ललितपुर महानगरले अनधिकृत संरचना हटाउन थाल्यो 


882
Shares

काठमाडौं । ललितपुर महानगरपालिकाले आजबाट महानगर भित्र बनेका अनधिकृत संरचनाहरू हटाउन थालेको छ । मूल सडकको छेउछाउमा निर्माण गरिएको घरहरूमा हालिएको अनधिकृत पाली लगायतका संरचना हटाइएको नगरप्रमुख सीताराम हाछेथुले जानकारी दिए ।

आजबाट यस्ता संरचना हटाउने कार्यलाई महानगरपालिकाले निरन्तरता दिने भएको छ ।  आज शंखमुल क्षेत्रमा यस्ता संरचना हटाउन थालिएको र भोलिबाट मंगलबजार, पुल्चोक लगायतका क्षेत्रमा काम थालिने छ ।

यस अघि काठमाडौं महानगरपालिकाले सडक छेउमा निर्माण गरिएका अनधिकृत संरचनाहरू हटाएको थियो । 

प्रतिक्रिया दिनुहोस्