Logo
Logo

काठमाडौं महानगरपालिकाका पूर्वइञ्जिनियरमाथि भ्रष्टाचार मुद्दा


1.4k
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाका पूर्वइञ्जिनियर रामबाबु महतो कोइरीविरुद्ध गैरकानूनी सम्पत्ति आर्जनको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

The current image has no alternative text. The file name is: akhtiyar.gif

अख्तियारका अनुसार, महतोले ४ करोड ५९ लाख रुपैयाँ गैरकानूनी रूपमा आर्जन गरेको अभियोग छ । उनको वैध आय २ करोड ३७ लाख रुपैयाँ रहेकोमा ७ करोड ९६ लाख रुपैयाँ सम्पत्ति फेला परेको आयोगको दाबी छ ।

आयोगले महतो र उनकी पत्नी मालाविरुद्ध सम्पत्ति जफतको मागसहित मुद्दा चलाएको छ । महतो २०४६ देखि २०७८ सम्म काठमाडौं महानगरपालिकामा इञ्जिनियरको रूपमा कार्यरत थिए ।

प्रतिक्रिया दिनुहोस्