काठमाडौं । प्रतिनिधिसभाको बैठक बुधबारसम्मका लागि स्थगित भएको छ । आधा घण्टाका लागि स्थगित भएको बैठक दलहरूबीच सहमति नजुटेका कारण बुधबारसम्मका लागि स्थगित भएको हो ।

सभामुख देवराज घिमिरेको सचिवालयले बैठक बुधबार १ बजेसम्मका लागि स्थगित गरिएको जनाएको छ । यसअघि सोमबारको संसद् बैठक आधा घण्टाका लागि स्थगित गरिएको थियो ।
निर्धारित समयभन्दा करिब साढे १ घण्टापछि सुरु भएको संसद् केहीबेर मै आधा घण्टाका लागि स्थगित भएको थियो । बैठक सुरु हुनासाथ प्रतिपक्षी दलहरूले नाराबाजी गरेका कारण अगाडि बढ्न नसकेपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि स्थगित गरेका छन् ।