काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले एकात्मक मानसिकताका कारण सङ्घीयता कार्यान्वयन प्रभावकारी हुन नसकेको बताएका छन् । सङ्घीयताको दृष्टिले आगामी आर्थिक वर्ष २०८२/८३ को सन्दर्भमा सोमवार काठमाडौं भएको कार्यक्रममा उनले सङ्घीय सरकारमा बसेकाहरूको मानसिकता नै एकारात्मक रहेकोले त्यसले सङ्घीयतालाई नै खतरामा पार्ने काम भइरहेको बताए ।

आगामी वर्षका लागि सरकारले ल्याएको बजेट सङ्घीयताको मर्मअनुरूप नरहेको उनको भनाइ छ । उनले आगामी आवको बजेटमा शक्तिशाली मन्त्रीको जिल्लामा बजेटको खोलो बगाइएको आरोप लगाए । उनले यसले गर्दा बजेट असन्तुलित बनेको भन्दै यस्तो लुट बन्द हुनुपर्ने बताए ।