Logo
Logo

भिजिट भिसा प्रकरणमा सत्तापक्ष गम्भीर भएन : सन्तोष परियार


630
Shares

काठमाडौं । रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले भिजिट भिसा प्रकरणमा आफूहरूको राखेका मागका विषयमा सत्तापक्ष गम्भीर नभएको बताएका छन् ।  सोमबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै परियारले सदनको गतिरोध खुलाउने विषयमा पटक पटक छलफल भए पनि सत्तापक्ष गम्भीर नभएको बताएका हुन् । 

आफूहरूले उठाएका मागका बारेमा कांग्रेस सहमति नभएको परियारले बताए । परियारले भिजिट भिसा प्रकरण सानो घटना नभएकाले छानबिन समिति बनाउनका लागि प्रस्ताव गरे पनि सत्तापक्षले गृहमन्त्रीको राजीनामा पनि नआउने र समिति पनि नबन्ने भनेपछि संवादमा बस्नुको कुनै औचित्य नभएको बताए ।

भिजिट भिसा प्रकरणकै कारण प्रतिनिधिसभाको बैठक बस्न सकेको छैन । प्रतिपक्ष दलहरूले गृहमन्त्रीका राजीनामा माग गर्दै संसद् अवरोध गर्दै आएका छन् । सभामुख देवराज घिमिरेले सभा सञ्चालनका लागि सत्ता पक्ष र प्रतिपक्षहरूसँग निरन्तर संवाद गरिहरेका छन् । तर, प्रतिपक्षहरूले गृहमन्त्रीको राजीमालाई बटम लाइन बनाएका छन् । 

प्रतिक्रिया दिनुहोस्