काठमाडौं । ब्लुम्स्बरी इन्स्टिच्युट लण्डनले २०२४ को नेशनल स्टुडेन्ट सर्भेमा बिजनेस स्टडीमा लण्डनभर दोस्रो स्थान हासिल गरेको छ । “यो ठुलो उपलब्धि हो,” नेपालमा यस संस्थालाई प्रतिनिधित्व गर्ने ए.आर. एजुकेसनकी डेपुटी डाइरेक्टर संजना पाण्डेले भनिन् । “हामीले सुरुदेखि नै यो कलेजमा नेपाली विद्यार्थीहरू पठाउँदै आएका छौँ । अन्तर्राष्ट्रिय विद्यार्थीको सम्मान गर्ने यो संस्थाले नेपाली विद्यार्थीलाई उत्कृष्ट प्रतिक्रिया दिने गरेको छ । भिसा सफलताको दर पनि उच्च छ ।”

सन् २००२ मा स्थापना भएको ब्लुम्स्बरी इन्स्टिच्युट लण्डनको मुख्यालय सेन्ट्रल लण्डनको बेडफर्ड स्क्वायरमा छ । अत्याधुनिक सुविधा, विद्यार्थीमैत्री भौतिक संरचना र आधुनिक शिक्षण पद्धतिका कारण यो संस्था लण्डनका उत्कृष्ट कलेजहरूमा अग्रणी बनेको छ ।
पाण्डेले भनिन्, “४० भन्दा बढी देशका विद्यार्थीहरू यहाँ अध्ययन गर्छन्, जसमा नेपाली विद्यार्थीको उल्लेख्य सहभागिता छ । सेन्ट्रल लण्डनमा अवस्थित यो कलेजमा उत्कृष्ट पढाइ, तत्काल समस्या समाधान, किफायती शुल्क संरचना र उच्च प्रतिष्ठा छ, जसले विद्यार्थीहरूमा यसको लोकप्रियता बढाएको छ ।”
बिजनेस स्टडीका साथै सिकाइ अवसर र विद्यार्थीको शैक्षिक हितमा पनि यो संस्थाले लण्डनभरको सर्भेमा दोस्रो स्थान हासिल गरेको छ ।
फेब्रुअरी, जुन र अक्टोबरमा भर्ना लिने यो कलेजले व्यवस्थापनतर्फ बीए बिजनेस म्यानेजमेन्ट, मास्टर अफ बिजनेस एडमिनिस्ट्रेशन, एमएससी म्यानेजमेन्ट, सीएमआईस वित्ततर्फ बीएससी एकाउन्टिङ एन्ड फाइनान्स, एमएससी एकाउन्टिङ एन्ड फाइनान्स, एमएससी फाइनान्स एन्ड वेल्थ म्यानेजमेन्ट, सीआईएमए, एसीसीएस र कानुनतर्फ एलएलबी ल एन्ड लिगल प्राक्टिस र सीआईएलईएक्सजस्ता कोर्सहरूमा अन्तर्राष्ट्रिय विद्यार्थी भर्ना लिँदै आएको छ।