Logo
Logo

जसपा कर्णाली प्रदेशका अध्यक्षसहित दर्जन नेता-कार्यकर्ता माओवादीमा प्रवेश


1.3k
Shares

काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)का कर्णाली प्रदेशका अध्यक्ष देबीकृष्ण न्यौपानेसहित करिब एक दर्जन नेता–कार्यकर्ताहरू नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुमलटारस्थित निवासमा उनीहरुलाई पार्टीमा स्वागत गरेका छन् । पार्टीमा स्वागतपछि अध्यक्ष प्रचण्डले माओवादी केन्द्रप्रति आकर्षण बढ्दै गएको बताए ।

पार्टीमा समायोजन हुन आउनेहरूलाई उचित जिम्मेवारी दिइने बताउँदै उनले माओवादी केन्द्र सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा रहेको उल्लेख गरे ।

समाजवादी क्रान्तिलाई नयाँ चरणमा लैजान पार्टीले विगतका गल्ती र कमजोरीहरू सच्याउँदै जनतासँग पुनः जोडिने अभियान सञ्चालन गरिरहेको अध्यक्ष प्रचण्डले बताएको उनको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्