Logo
Logo

अनेरास्ववियुको नेतृत्व चयनमा सहमति नजुटेपछि निर्वाचन कार्यतालिका सार्वजनिक


1.1k
Shares

काठमाडौं । सत्तारुढ नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुको २४औँ महाधिवेशनमा नेतृत्व चयनमा सहमति नजुटेपछि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ। कीर्तिपुरमा जारी महाधिवेशनमा सुजन कडरियालाई अध्यक्षको उम्मेदवार प्रस्ताव गरिएपछि हलमा नाराबाजी भएको थियो। नाराबाजीका बीच निर्वाचन समितिले निर्वाचन कार्यतालिका जारी गरेको हो ।

अध्यक्ष पदमा दीपक धामी, प्रकाश पौडेल, आरती भट्टराई, अञ्जना सिवाकोटी र सुजन कडरियाले दाबी गरेका छन् । एमाले अध्यक्ष एवं प्रधानमन्त्रीको समर्थन कडरियालाई रहेको भन्दै अध्यक्ष मण्डलबाट उनकै नाम प्रस्ताव गरिएको थियो ।

निर्वाचन समितिका अनुसार आज ३ देखि ५ बजेसम्म उम्मेदवारी फारम वितरण, ४ देखि ६ बजेसम्म उम्मेदवारी दर्ता र राति ८ बजेसम्म प्रारम्भिक नामावली प्रकाशन हुनेछ । मतदान भने भोलि बिहान १० देखि ५ बजेसम्म तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्