Logo
Logo

माधवकुमार नेपाल र विप्लवसँग पार्टी एकताको विषयमा छलफल भइरहेको छ : प्रचण्ड


1.1k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपाका नेता विप्लवसँग पार्टी एकताको छलफल भइरहेको बताएका छन् । मङ्गलवार खुमलटारमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले समाजवादी मोर्चामा रहेका यी दुई पार्टीसँग एकताका लागि वार्ता जारी रहेको जानकारी दिए ।

The current image has no alternative text. The file name is: prachand-5.gif

‘हालै दुईवटा पार्टीसँग एकता र समायोजन भएको छ। अहिले थप पार्टीहरूसँग पनि एकताको छलफल भइरहेको छ,’ प्रचण्डले भने, ‘माधव नेपाल र विप्लव नेतृत्वको पार्टीसँग मोर्चा त बनिसकेको छ, र पार्टी एकताबारे पनि गम्भीर छलफल चलिरहेको छ ।’

प्रचण्डले समाजवादी क्रान्तिलाई नयाँ उचाइमा पुर्‍याउन पार्टीले विगतका कमजोरी सच्याउँदै जनतासँग जोडिन विशेष अभियान सञ्चालन गरिरहेको बताए । उनले यो अभियानले माओवादीप्रति जनसमर्थन बढिरहेको दाबी गरे ।

‘देशभर माओवादी केन्द्रप्रति सकारात्मक माहोल बन्दै गएको छ। यसलाई थप बलियो बनाउन हामीले विशेष योजनासहित अभियान चलाइरहेका छौँ,’ उनले भने ।

उनले हुलाकी राजमार्ग केन्द्रित अभियानमा मात्रै ८ देखि १० हजार मानिस पार्टीमा प्रवेश गरेको तथ्याङ्कले माओवादीप्रति सकारात्मक जनभावना देखिएको बताए । साथै, आगामी निर्वाचनमा माओवादीलाई पहिलो पार्टी बनाउन ध्रुवीकरणको कार्यलाई प्राथमिकता दिइएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्