Logo
Logo

पैसा कमाए भन्दैमा एनआरएनहरुलाई वंशजको नागरिकता दिनुहुँदैन् : चित्रबहादुर केसी


1.1k
Shares

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आमा र बुबा दुवै नेपालीबाट जन्मिएको सन्तानलाई मात्रै वंशजको आधारमा नागरिकता दिनुपर्ने बताएका छन् । मङ्गलवार राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले पैसा कमाएका कारणले एनआरएनहरुलाई वंशजको नागरिकता दिन नमिल्ने बताएका हुन् ।

 उनले भने, ‘आमा वंशजको, बुबा वंशजको यसबाट जन्मिएका सन्तानलाई मात्रै वंशजको नागरिकता दिनुपर्छ भन्ने हो । गैह्रआवासीय नेपालीहरूको समस्या र धेरै कुराहरू सुनियो । उपदेश पनि धेरै सुनिरहेको छ  । उनीहरू यहाँ आउन पाउने र उनीहरूलाई वंशजको नागरिकता दिने हो भने देश स्वीट्जरल्याण्ड हुने जस्तो कुरा पनि सुनियो । पैसा कमाएका कारणले नागरिकता पाइन्छ रु वंशजको नागरिकता पाइन्छ रु त्यसो भए त धेरैले लिन्थे नि ।’

गैह्रआवासीय नेपालीलाई सांस्कृतिक, आर्थिक अधिकार दिएपनि त्यतिले नपुगेको बताउँदै उनले ब्रिटिश गोरखाको हकमा पनि दुई देशबाट वंशजको आधारमा नागरिकता लिन नमिल्ने बताए ।

‘गैह्रआवासीय नेपालीलाई सांस्कृतिक, आर्थिक अधिकारको कुरा छ, त्यसले उहाँहरूलाई पुगेको छैन । त्यस्तो हुन्छ । ब्रिटिश गोरखाको पनि त्यही छ । उता पनि वंशजको नागरिकता लियो, उहिले राणाकालमा सम्झौता भएर गएको निरन्तर हुनुपर्छ । दुईतिर नागरिकता लिन पाइन्छ रु संसदमा भोटिङ हुनुपर्छ यसबारेमा । मेरो एउटै भोट पर्ला फरक पर्दैन । विलौना सुनेपछि मन पगाल्ने काम नगरौँ,’उनले भने । 

प्रतिक्रिया दिनुहोस्