Logo
Logo

त्रिविमा तोडफोड गरेको आरोपमा एक जना पक्राउ


252
Shares

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले त्रिभुवन विश्वविद्यालयमा तोडफोड गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दिक्पाल कार्की रहेका छन् ।

उनलाई धुन्चेपाखा सानोठिमी, भक्तपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले बताए ।

उनीसहित नेपाल विद्यार्थी सङ्घ (नेविसंघ)को एउटा समूहले १४ जेठमा उपकुलपति खड्ग केसीको कार्यकक्षमा तोडफोड गरेको थियो भने रेक्टरको कार्यालयमा तालाबन्दी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्