काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिबाट नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ । मङ्गलवार बसेको समितिको बैठकले उक्त विधेयक पारित गरेको हो ।

मङ्गलवार करिब ५ घण्टा बसेको समितिको बैठकले नागरिक विधेयक पारित गरेको सभापति रामहरि खतिवडाले बताए ।