Logo
Logo

युक्रेनको राजधानी किभमा रुसी हवाई आक्रमण


1.1k
Shares

काठमाडौं । रुसले युक्रेनको राजधानी किभमा हवाई आक्रमण गरेको छ । किभको दक्षिणी सहर ओडेसास्थित एक प्रसूतिगृहमा भएको आक्रमणमा कम्तीमा दुईजनाको मृत्यु भएको छ भने चारजना घाइते भएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यो रुस९युक्रेन युद्ध सुरु भएको तीन वर्षयताकै सबैभन्दा ठुलो हवाई आक्रमण हो । किभका १० मध्ये सात जिल्ला यस आक्रमणबाट प्रभावित भएका छन् ।

रोयटर्सका अनुसार यो आक्रमण युक्रेनले आर्कटिक र साइबेरियासहित चार रुसी सैन्य हवाई अड्डामा गरेको ड्रोन आक्रमणको बदलामा भएको हो, जसमा ४१ रुसी सैन्य विमान ध्वस्त भएको युक्रेनको दाबी छ । युक्रेनी वायुसेनाले रुसले ३१५ ड्रोन प्रयोग गरेको र तीमध्ये २७७ वटा खसालिएको बताएको छ । यो आक्रमण करिब पाँच घण्टासम्म चलेको थियो ।

युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले यो आक्रमणलाई किभमाथिको हालसम्मकै ठुलो आक्रमण भन्दै रुसी मिसाइल र ड्रोन आक्रमणले अमेरिकालगायत विश्वका अन्य देशले गरेको शान्ति प्रयासलाई अवरुद्ध गर्ने कोसिस गरेको आरोप लगाएका छन् ।

मङ्गलवार बिहान किभमा ठुलो विस्फोटबाट दिनको सुरुवात भएको थियो । रोयटर्सले प्रत्यक्षदर्शीको भनाइ उद्धृत गर्दै आकाशमा विस्फोटका कारण उज्यालो भएको र केही समयमै सहरमा बाक्लो धुवाँ फैलिएको जनाएको छ ।

मस्को र किभबीच हालै दुई चरणको वार्ता भए पनि युद्ध अन्त्यका लागि ठोस प्रगति भएको छैन । टर्कीको राजधानी इस्तानबुलमा भएको पछिल्लो वार्ता युद्धबन्दी साटासाटमा मात्र केन्द्रित थियो ।

प्रतिक्रिया दिनुहोस्