Logo
Logo

टिकटक स्टार खाबी लामेलाई अमेरिकाबाट ‘स्वेच्छिक देशनिकाला’


1.1k
Shares

काठमाडौं । विश्वमै सर्वाधिक फलोअर्स भएका टिकटक स्टार खाबी लामेलाई अमेरिकी सरकारले ‘स्वेच्छिक देशनिकाला’ (भोलुन्टरी डिपोर्टेसन) मा पठाएको छ । सेनेगलमा जन्मिएर इटलीमा हुर्केका २५ वर्षीय लामे जुन ६ मा लास भेगासको ह्यारी रीड अन्तर्राष्ट्रिय विमानस्थलमा भिसा अवधि नाघेको आरोपमा यूएस इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आईसीई) द्वारा हिरासतमा लिइएका थिए । अमेरिकी अध्यागमनले उनलाई ‘स्वेच्छिक प्रस्थान’ को अनुमति दिएको पुष्टि गरेको छ ।

ट्रम्प समर्थक बो लाउडनले लामेविरुद्ध अध्यागमनमा उजुरी दिएको दाबी गरेका छन् । उनले लामेलाई ‘उग्र कम्युनिस्ट एलियन’ भन्दै सामाजिक सञ्जाल एक्समा आईसीईको ‘डिटेनी लोकेटर’ को स्क्रिनसट पोस्ट गरेका थिए । तर यसको आधिकारिकतामाथि प्रश्न उठेको छ । लामेका समर्थकहरूले उनी अप्रिल ३० मा अमेरिका प्रवेश गरेको र भिसा सर्तबारे जानकारी नहुन सक्ने बताएका छन् ।

कोभिड-१९ महामारीमा मौन शैलीमा भिडियो बनाएर चर्चित बनेका लामेसँग टिकटकमा १६ करोडभन्दा बढी फलोअर्स छन् । विल स्मिथ, टम क्रुजजस्ता सेलिब्रेटीसँग काम गरेका उनी युनिसेफको सद्भावना दूत पनि हुन् । लामेको पक्राउ र देशनिकालाले क्यालिफोर्नियामा भइरहेको अध्यागमनविरोधी प्रदर्शनका बीच व्यापक चर्चा पाएको छ ।

प्रतिक्रिया दिनुहोस्