Logo
Logo

काठमाडौं महानगरमा ल्याएको पानी पिउन अयोग्य भेटिएपछि सम्झौता रद्द


1.4k
Shares

काठमाडौं । काठमाडौँ महानगरपालिकाले खानेपानी आपूर्तिकर्ता सी. एन. इन्टरप्राइजेजसँगको सम्झौता रद्द गरेको छ । कृषि तथा पशुपन्छी विभागले प्रमुख प्रशासकीय अधिकृतको निर्णयअनुसार आपूर्तिकर्तालाई पत्र काट्दै महानगरपालिकामा पिउने पानी आपूर्ति गर्ने सम्झौता खारेज गरेको जनाएको छ ।

The current image has no alternative text. The file name is: water-Jar.jpg

पत्रमा प्राविधिक परीक्षणमा आपूर्ति गरिएको पिउने पानीमा कोलिफर्म फेला परेकोले काठमाडौँ महानगरपालिका बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७ को दफा १९ र ३० बमोजिम सम्झौता रद्द गरिएको उल्लेख छ । साथै आपूर्तिकर्तालाई २ लाख रुपैयाँ जरिवाना तोकिएको छ ।

यो पत्र सोमबार आपूर्तिकर्तालाई पठाइएको थियो ।  महानगरपालिकाले २०८१ वैशाख २ गते सी। एन। इन्टरप्राइजेजसँग सम्झौता गरी पिउने पानी आपूर्ति सेवा सुरु गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्