काठमाडौं । न्याय परिषद्ले सर्वोच्च अदालतमा तीन न्यायाधीश सिफारिस गरेको छ । न्याय परिषद्को सिफारिसको पहिलो नम्बरमा वरिष्ठ अधिवक्ता मेघराज पोखरेल परेका छन् ।

उच्च अदालतका मुख्य न्यायाधीशद्वय श्रीकान्त पौडेल र शान्ति सिंह थापा पनि सर्वोच्चको न्यायाधीश सिफारिसमा परेका छन् । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षमा मङ्गलवार बसेको न्याय परिषद्को बैठकले यो निर्णय गरेको हो ।
अब संसदीय सुनुवाइपछि राष्ट्रपतिले न्यायाधीश नियुक्त गर्नेछन् । वरिष्ठ अधिवक्ता पोखरेल सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पनि हुन् । उनी व्यावसायिक तथा वाणिज्य कानुनका विज्ञ मानिन्छन् । सर्वोच्चमा ४ न्यायाधीश पद खाली भए पनि अहिले ३ जना मात्रै नियुक्तिका लागि सिफारिस भएका हुन् ।