Logo
Logo

प्रतिनिधिसभाको बैठक सुरु हुन सकेन, विपक्षी दलले आज पनि अवरोध गर्ने


1.5k
Shares

काठमाडौं । आज दिउँसो १ बजे बोलाइएको प्रतिनिधिसभाको बैठक अझै सुरु भएको छैन । भिटिज भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकमाथि छानबिन गर्नुपर्ने भन्दै विपक्षी दलहरुले जेठ १३ गतेदेखि संसद् अवरोध गरिरहेका छन् ।

विपक्षी दलले आज पनि बैठक अवरोध गर्ने भनेका छन् । त्यसैले आज बैठक सुरु हुन सकेको छैन । गृहमन्त्री लेखकमाथि छानबिनको माग गर्दै संसद् अवरोध गरिरहेका विपक्षी दलले आज पनि त्यसलाई निरन्तरता दिने भएको हो ।

बधुबार प्रतिनिधिसभाको बैठक बस्नुअघि बानेश्वरमा विपक्षी दलका नेताहरुले छलफल गरेका थिए । माओवादी केन्द्रका वर्षमान पुन, हितराज पाण्डे, सचेतक सन्तोष परियार, नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डे लगायतका नेताहरु छलफलमा बसेका थिए ।

छलफलपछि माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भिजिट भिसा प्रकरणको छानबिन गर्न समिति बनाएसम्म विरोधको कार्यक्रम कायमै रहने बताए । उनले भने, ‘हाम्रो पहिले जे हो, त्यही कुरा यथावत् छ,’ उनले भने, ‘समिति नबनेसम्म हाम्रो कुरा कायमै रहन्छ ।’

प्रतिक्रिया दिनुहोस्