Logo
Logo

दिलभूषणविरुद्ध पक्राउ पुर्जी र समाचार हटाउने अदालतको आदेशप्रति प्रेस संगठनको आपत्ति


1.1k
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठनले पत्रकार दिलभूषण पाठकमाथि पक्राउ पुर्जी जारी भएकोप्रति भर्त्सना गरेको छ ।

पाठकविरुद्ध काठमाडौं जिल्ला अदालतबाट विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा जाहेरी दर्ता भएपछि पक्राउ पुर्जी जारी भएको छ ।

पाठकले युट्युब च्यानल ‘टफ टक’ अन्तर्गत ‘टफ एक्स्प्लेनर’ कार्यक्रममार्फत कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीर देउवाले नक्सालस्थित हिल्टन होटल खरिद गरेको विषय सामग्री प्रसारण गरेका थिए । सो विषयमा साइबर अपराध गरेको भन्दै उजुरी दर्ता भएको थियो ।

त्यस्तै, दुई सञ्चारमाध्यममा प्रकाशित समाचारका आधारमा काठमाडौं जिल्ला अदालतले दिएको अल्पकालीन आदेशप्रति पनि संगठनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

मंगलबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश पीताम्बर शर्माको एकल इजलासले नेपालखबर डटकम र बिजमाण्डु डटकममा प्रकाशित समाचारबारे नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले दायर गरेको रिट निवेदनमा सुनुवाइ गर्दै समाचार हटाउन अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

यी दुई घटना प्रेस तथा अभिव्यक्ति स्वतन्त्र विरुद्ध अदालत र प्रहरीको प्रयोग भएको संगठनको निष्कर्ष छ । विज्ञप्तिमा भनिएको छ– नेपालको संविधान प्रत्याभूत गरेको प्रेस स्वतन्त्रताविरुद्ध एकपछि अर्को आक्रमण जारी छ । यसैगरी जाने हो भने हरेक समाचारहरू दलाल र बिचौलियाहरूको अनुमतिमा मात्र लेख्नुपर्ने दिन आउन सक्छ । त्यसरी आदतलाले सञ्चारमाध्यम प्रकाशित÷प्रसारित समाचार हटाउन लगाउनु पत्रकार आंचरसहिता र संविधानका विरुद्ध भएको हामीले ठानेका छौँ । पत्रकारलाई स्वतन्त्रतापूर्वक लेख्न र बोल्न देऊ ।’

संगठनले पत्रकारहरुका लागि सुरक्षित वातावरण बनाउन सरकारसँग माग समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्