Logo
Logo

अनेरास्ववियुको अध्यक्षमा डा सुजन कडरिया निर्वाचित


1.1k
Shares

काठमाडौं । नेकपा एमालेको भ्रातृ सङ्गठन अनेरास्ववियुको अध्यक्षमा डा सुजन कडरिया निर्वाचित भएका छन् ।

कीर्तिपुरमा जारी सम्मेलनमा बिहीबार भएको विद्युतीय मतदानमा निकटतम प्रतिद्वन्द्वी प्रकाश पौडेललाई सात मतले पछि पार्दै कडरिया अध्यक्षमा निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ । मतपरिणामअनुसार कडरियाले सात सय ३२ मत ल्याएर विजयी हुँदा पौडेलले सात सय २५ मत पाए ।

अनेरास्ववियुको उपाध्यक्षमा अञ्जना सिवाकोटी, विकास श्रेष्ठ तथा महासचिवमा दीपक धामी र उपमहासचिवमा कमल जोशी निर्वाचित भएका छन् ।

सचिवमा आकाश घर्ती, रचना सापकोटा र गोपाल नेपाल निर्वाचित हुनुभयो भने आयोग अध्यक्ष प्रकाश विष्ट, सुमन घिमिरे, जितप्रसाद सिटौला निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्