Logo
Logo

इजरायली आक्रमणमा इरानका सैन्य कमाण्डरको मृत्यु


2.2k
Shares

काठमाडौं । इजरायली आक्रमणमा इरानको शक्तिशाली सैन्य संगठन इस्लामिक रिभोलुसनरी गार्ड कोर (आइआरजिसी)का प्रमुख मारिएका छन् ।

शुक्रबार बिहान इजराइलले गरेको आक्रमणमा आइआरजिसीका कमान्डर इन् चिफ मेजर जनरल हुसेन सलामीको मारिएको अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् ।

विभिन्न सञ्चारमाध्यमहरुले इरानको सरकारी टेलिभिजनलाई उद्धृत गरेर आइआरजिसी हुसेन मारिएको उल्लेख गरेका छन् । उनलाई इरानका सर्वोच्च नेता आयतोल्लाह अल खामेनीले सन् २०१९ मा आइआरजिसीका कमान्डर इन् चिफ नियुक्त गरेका थिए ।

शुक्रबार बिहान इजरायलले आइआरजिसीको मुख्यालयमा हवाई आक्रमण गरेको थियो । सोही आक्रमणमा उनको मृत्यु भएको बताइएको छ ।

आइआरजिसीको मुख्यालयबाट धुवाँको मुस्लो छुटिरहेको भनेर सीएनएन लगायतका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । साथै, सो आक्रमणमबाट अन्य सैन्य अधिकारी समेत मारिएको समाचारमा उल्लेख छ ।

इजरायलले इरानका ६ वटा सैन्य इलाका, नतान्जको आणविक भट्टी, सैन्य अधिकारीहरूलाई लक्ष्य गरेर मिसाइल आक्रमण गरेको थियो । इजराइलले इरानमाथि आक्रमण गरेपछि अमेरिकाले पनि इरानलाई चेतावनी दिएको छ ।

समाचारहरुमा जनाइएअनुसार अमेरिकी विदेशमन्त्री मार्को रूबिओले एक वक्तव्य जारी गर्दै मध्यपूर्वमा रहेको अमेरिकी सैन्य अखडाहरूमाथि आक्रमण नगर्न चेतावनी दिएका छन् । साथै, उनले इरान आक्रमणमा अमेरिकाको कुनै संलग्नता नरहने पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्