Logo
Logo

अमेरिकाले भन्यो- इजरायलले इरानमा गरेको आक्रमणमा हाम्रो संलग्नता छैन


1.1k
Shares

काठमाडौं । अमेरिकाले इजरायलले इरानमाथि गरेको एकपक्षीय सैन्य कारबाहीमा आफ्नो संलग्नता नरहेको बताएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानको आणविक संवर्धन कार्यक्रमलाई लक्षित गरी हमला गरेको घोषणा गरेलगत्तै अमेरिकी विदेशमन्त्री मार्को रुबियोले विज्ञप्ति जारी गर्दै यस कारबाहीमा आफ्नो संलग्नता नरहेको स्पष्ट पारेका हुन् ।

‘आज राति इजरायलले इरानविरुद्ध एकपक्षीय कारबाही गरेको छ । हामी इरानविरुद्धको हमलामा संलग्न छैनौं र यस क्षेत्रमा रहेका हाम्रा अमेरिकी सेनाको सुरक्षा हाम्रो उच्च प्राथमिकता हो’, उनले भनेका छन् ।

साथै रुबियोले इजरायलले आफ्नो आत्मरक्षाका लागि यो कारबाही आवश्यक रहेको आफुहरुलाई जानकारी गराएको उल्लेख गरेका छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनले अमेरिकी सेनाको सुरक्षाका लागि सबै आवश्यक कदम चालेको र यस क्षेत्रका साझेदारहरूसँग निकट सम्पर्कमा रहेको पनि विज्ञप्तिमा बताइएको छ । रुबियोले इरानलाई स्पष्ट सन्देश दिँदै भनेका छन्, ‘इरानले अमेरिकी हित वा कर्मचारीहरूलाई लक्षित गर्नुहुँदैन ।’

प्रतिक्रिया दिनुहोस्