काठमाडौं । एयर इन्डियाको जहाज थाइल्याण्डमा आपतकालीन अवतरण गरेको छ । फुकेटबाट दिल्ली आउँदै गरेको ए आई ३७९ विमानमा बम रहेको हल्लापछि आकस्मिक अवतरण गराइएको हो ।

यसअघि आज बिहान लण्डन जाँदै गरेको एयर इन्डियाको एक विमान उडे लगत्तै फर्किएर मुम्बईमा अवतरण गरेको थियो । भारतको समाचार एजेन्सी पीटीआईका अनुसार आज बिहान ५ बजेर ३९ मिनेटमा उडेको जहाज फर्किएर मुम्बईमा अवतरण गरेको हो ।
एयर इन्डियाले इरान र इजरायलबीचको लडाइँका कारण विमानहरूले हवाई रुट बदल्नु परेको र कतिपयलाई फर्काउनु परेको जनाएको छ ।