Logo
Logo

अवैध रूपमा विदेश पुगेका नेपालीबारे अध्ययन भइरहेको छ : आरजु राणा


441
Shares

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणाले अवैध रूपमा विदेश पुगेका नेपालीहरूका सम्बन्धमा गृह र श्रम मन्त्रालयसँगको समन्वयमा अध्ययन भइरहेको जानकारी दिएकी छन् ।

सिंहदरबारमा शुक्रवार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा मन्त्री राणाले नेपालको श्रम गन्तव्य नरहेका र अवैध रूपमा विदेश पुगेका नेपालीहरूका सम्बन्धमा गृह र श्रम मन्त्रालयसँगको समन्वयमा काम अघि बढाइएको जानकारी दिएकी हुन् ।

उनले वैदेशिक रोजगारसँग सम्बन्धित समस्याहरूको समाधानका उपाय पेस गर्ने गरी परराष्ट्र मन्त्रालयको संयोजकत्वमा सम्बन्धित निकायका सदस्यहरू रहको एक समिति गठन भएको पनि बताइन्  ।

उनले परराष्ट्र नीतिलाई थप अब्बल र विस्तारित बनाउन तथा विश्वमा विकसित विभिन्न परिस्थितिका कारण नेपाली नागरिकलाई आवश्यक कन्सुलर सेवा समेत प्रदान गर्नका लागि आवश्यक जनशक्तिको व्यवस्था गरिएको बताइन् । उनले आफू परराष्ट्रमन्त्रीमा नियुक्त भएपछि नेपालका मित्रराष्ट्रहरू तथा विश्व समुदायसँग कूटनीतिक सक्रियता बढाएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्