Logo
Logo

विद्युत् प्राधिकरण कठिन अवस्थामा छ : हितेन्द्रदेव शाक्य


819
Shares

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले विद्युत् प्राधिकरण कठिन अवस्था रहेको बताएका छन् । नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघको १३ औं महाधिवेशनका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले संस्था घाटामा गएर नभई कमजोर संरचनाका कारण सेवा प्रवाहलाई चुस्त दुरुस्त राख्न कठिनाइ भइरहेको बताए । 

The current image has no alternative text. The file name is: Hitendra-Dev-Shakya-scaled-e1604814044244.jpg

शाक्यले अहिले प्रशारण र वितरण प्रणालीले धान्न नसकिएको बताए । कमजोर प्रशारण प्रणाली र वितरण प्रणालीले गर्दा प्राधिकरणलाई कठिन अवस्थामा पुर्‍याएको हो। विद्युत् पूर्वाधारमा भएको लगानी कमजोर रहेको बताउँदै पर्याप्त लगानीको खाँचो रहेको उनको भनाइ छ। 

‘३ हजार ५ सय मेगावाट हुँदा समस्या छ २८ हजार ५ सयको लक्ष्य पूरा गर्न खोज्दा के होला ?’ उनले प्रश्न गरे। कम्तिमा १० हजार मेगावाट नभएसम्म विद्युत् प्राधिकरणलाई सबलीकरण गर्नुपर्ने शाक्य बताउँछन् ।  
 

‘नेपाल विद्युत् प्राधिकरण अहिले कठिन अवस्थामा छ। प्राधिकरण घाटामा गएर कठिन परिस्थिति आएको होइन। नेपाल विद्युत् प्राधिकरण अघि बढ्नुपर्ने बाध्यात्मक स्थितिमा उभिएको छ,’उनले भने, ‘सरकारले २८ हजार ५ सय उन्नती प्रगतिको लक्ष्य तोकेको छ । अहिले ३ हजा ५ सयलाई हाम्रो प्रशारण र वितरण प्राणालीले धान्न सकिरहेका छैनौं । हाम्रो प्रणाली त्यति कमजोर छ। अहिले ट्रिप भइरहेको छ  आज एउटा रुख ढ्ल्यो एउटा ट्रासमिसन लाइन  ट्रिप भयो । सिस्टम ट्रिप भइरहेको छ। त्यो किन बलियो बनाउन सकेनौंरु हाम्रो आर्थिक अवस्था, हामीले गर्नुपर्ने लगानी पर्याप्त गर्न सकेनौं ।’

नेपाल अल्पविकासशील मुलुकबाट विकसित मुलुकमा जाँदै गर्दा सस्तो व्याजदरमा ऋण पाउन समेत कठिन हुने अवस्था रहेकाले प्रशारण लाइनदेखि वितरण लाइन बनाउन चुनौती रहेको शाक्यले बताए । 

प्रतिक्रिया दिनुहोस्