Logo
Logo

भिजिट भिसामा मैले पूर्वमन्त्रीहरूको भन्दा धेरै कम मान्छे पठाए : रमेश लेखक 


819
Shares

काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन् । शुक्रवारको प्रतिनिधिसभाको बैठकमा रास्वपा र राप्रपाका सांसदको विरोध कायमै हुँदा सभामुख देवराज घिमिरेले लेखकलाई बोल्ने समय दिएपछि उनले आफू विरुद्ध षडयन्त्र गरेर राजनीतिक जीवन सिद्ध्याउन खोजिएको बताएका हुन् ।

उनले भिजिट भिसामा बाहिर पठाउने काम आफ्नो पालामा मात्रै नभएको बताए । उनले आफूभन्दा पहिलाका मन्त्रीहरूले पनि आफ्नो पालमा भन्दा यसरी धेरै मानिसहरू पठाउने गरेको तथ्याङ्क रहको बताए । 

‘विगत केही दिनदेखि पत्रपत्रिका, सामाजिक सञ्जाल र केही माननीयले उठाउनु भएको कुरामा सार्वभौम ठाउँमा जवाफ दिन उपयुक्त ठानेर समय मागेको थिएँ। समयको लागि आभार व्यक्त गर्छु,’उनले भने, ‘धेरै कुरा मैले विभिन्न माध्यमबाट पनि जवाफ दिइसकेको छु। मेरो राजनीतिक र सार्वजनिक कुरा सबैलाई थाहा नै भएकोले सार्वजनिक पद धारण गरेकोले उठेका समसामयिक विषयमा जवाफ दिन उपयुक्त भएकोले यहाँ प्रस्तुत भएको छु ।’

उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलअन्तर्गतको अध्यागमन कार्यालयका कार्यालय प्रमुख तीर्थराज भट्टराईलाई अख्तियारले बयान लिएको कुरा पनि आफूले सञ्चारमाध्यमबाटै थाहा भएको दाबी गरे । 

‘कार्यालय प्रमुख तीर्थाज भट्टराईलाई अख्तियारले बोलाएको कुरा सञ्चारमाध्यमबाटै थाहा पाएको हुँ,’ उनले थपे, ‘यसमा मेरो संलग्नता भएको भनिएको कुरामा सत्यता छैन । मेरो संलग्नता हुन सक्दैन भन्न चाहन्छु । राजनीतिक रूपमा षडयन्त्रपूर्वक खेद प्रकट गर्न चाहन्छु ।’ 

प्रतिक्रिया दिनुहोस्