Logo
Logo

चितवन यातायात कार्यालयमा अख्तियारको छापा, १ लाख ८५ हजार नगदसहित दुईजना नियन्त्रणमा


1.3k
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय चितवनमा छापा मार्दै कार्यालय सहयोगी इन्द्रजित गुरुङ र बिचौलिया सुरज पाठकलाई नियन्त्रणमा लिएको छ ।

गुरुङको कार्यकक्षबाट १ लाख ८५ हजार नगद बरामद भएको छ । अख्तियारको टोलीले कार्यालय प्रमुख बिष्णु भट्टराईसहित २२ कर्मचारी, ड्राइभिङ सेन्टर सञ्चालकहरूका ३१ मोबाइल, २ ल्याप्टप र महत्त्वपूर्ण कागजात कब्जामा लिएको छ । 

सवारी चालक अनुमति पत्रको परीक्षामा फेल भएका परीक्षार्थीलाई १५/२५ हजार रुपैयाँ असुल गरी उत्तीर्ण गराउने भ्रष्टाचारको सूचनामा छापा मारिएको अख्तियारले जनाएको छ । महालक्ष्मी, गुरुङ र कुमार ड्राइभिङ सेन्टरले कर्मचारीसँग मिलेमतोमा यस्तो कार्य गरेको पाइएको छ । अनुसन्धानका लागि कब्जामा लिइएका कागजात र उपकरणको विश्लेषण भइरहेको छ। यो घटनाले यातायात क्षेत्रमा व्याप्त भ्रष्टाचारलाई उजागर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्