Logo
Logo

जवान उमेरमा धनी बनिएन भने बुढेसकालमा दुख पाइन्छ : गगन थापा 


1.3k
Shares

इटहरी । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले युवा पुस्ताले मेहनत नगरे देशको भविष्य कमजोर हुने बताएका छन् । शुक्रवार इटहरीमा नेपाल तामाङ धेदुङ सङ्घको कोशी प्रदेशस्तरीय अधिवेशनलाई सम्बोधन गर्दै उनले युवालाई देश निर्माणको मुख्य जिम्मेवारी लिन आग्रह गरे ।

The current image has no alternative text. The file name is: gagan-thapa-1.jpg

‘नेपाल आज तन्नेरीहरूको देश हो । युवाले मेहनत गरेनन् भने देशलाई बुढ्यौली लाग्छ,’ उनले भने, ‘जवान उमेरमा धनी बनिएन भने बुढेसकालमा दुख पाइन्छ ।’ युवा विदेशमा काम गर्न जाँदा रुवाबासी गर्नु नहुने बताउँदै उनले यो प्रवृत्तिलाई अवसरका रूपमा लिनुपर्नेमा जोड दिए ।

थापाले सरकारले युवालाई लक्षित नीति बनाएर उनीहरूमा आशा जगाउनुपर्ने बताए । ‘आगामी १७–१८ वर्षमा नेपाल जवान रहँदैन। युवाले खर्बौं रुपैयाँ विदेशबाट पठाइरहेका छन्। यो रकमको सदुपयोग कसरी गर्ने भन्ने देश बनाउनेले सोच्नुपर्छ,’ उनले भने । उनले विप्रेषणलाई ‘लुटको धन फुपुको श्राद्ध’ जस्तो दुरुपयोग गर्न नहुने चेतावनी दिए ।

महामन्त्री थापाले सरकारले युवाको मन जित्ने र देशप्रति गर्व गर्ने वातावरण बनाउन ‘वाह!’ हुने काम गर्नुपर्नेमा जोड दिए । उनले युवाको ऊर्जा र सीपलाई देश विकासमा लगाउन नीतिगत सुधार आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्