Logo
Logo

मासु खाँदा घाँटीमा हड्डी अड्किएर एक वृद्धाको मृत्यु


882
Shares

धनकुटा । मासु खाँदा हड्डी अड्केर धनकुटामा एक वृद्धको मृत्यु भएको छ । धनकुटाको महालक्ष्मी नगरपालिका– ९ मोर्ती ढुङ्गाका ७८ वर्षीय प्रेमबहादुर लिम्बुले सुँगुरको मासु खाने क्रममा हड्डी अड्किएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

जेठ २१ गते राति मासु खानेक्रममा हड्डी अड्किएपछि उनलाई उपचारका लागि विराट टिचिङ अस्पताल विराटनगर लगिएको थियो । उपचारको क्रममा उनको शुक्रबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । उनको शवलाई पोस्टमार्टमका लागि कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्