Logo
Logo

जनार्दन शर्मालाई पार्टी छाड्न भनेकै छैन : प्रचण्ड


1.6k
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’लाई आफूले पार्टी छाड्नु भनेर नभनेको दाबी गरेका छन् । विराटनगर विमानस्थलमा शनिवार बिहान सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले शर्मालाई पार्टी छाड्नु भनेर आफूले कहिल्यै नभनेको बताए ।

जनार्दनलाई पार्टी छाड्नु भन्नु भएछ नि रु भनेर सोधिएको प्रश्नको जवाफ दिँदै उनले भने, ‘त्यो भनेकै छैन । बेकारको कुरा हो ।’ माओवादीमा पछिल्लो समय प्रचण्ड र प्रभाकरबीच लाइन सङ्घर्ष चलिरहेको छ । सङ्घर्षकै कारण दुई नेताबीचको सम्बन्ध सुमधुर नभएको चर्चा छ । प्रचण्डलाई पार्टीभित्र शर्माले चुनौती दिइरहेका छन् । शर्माले आफूलाई ‘काउन्टर’ दिन थालेपछि प्रचण्ड उनीसँग रुष्ट छन् । 

प्रतिक्रिया दिनुहोस्