Logo
Logo

भिजिट भिसा प्रकरण सम्झौतामा माओवादी भित्रै अन्तरविरोध


4.8k
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भिजिट भिसा प्रकरणमा सरकारमा रहेका दुई राजनीतिक दलहरूसँग भएको दुई बुँदे सम्झौताको औचित्यबारे पार्टीभित्र समीक्षा हुनुपर्ने बताएका छन् । माओवादी केन्द्र दोलखा–काठमाडौं सम्पर्क समन्वय समितिको सम्मेलनलाई सम्बोधन गर्दै उनले उक्त सम्झौतापछि संसद् सुचारु भएको उल्लेख गरे ।

श्रेष्ठले सम्झौताबारे विभिन्न प्रतिक्रिया आइरहेको र पार्टी अध्यक्षसँग प्रत्यक्ष छलफल हुन नसकेको बताए । उनले भने, “अध्यक्ष कमरेडले समग्र परिस्थितिको मूल्याङ्कन गरेर यस्तो निष्कर्षमा पुग्नुभएको हुन सक्छ । तर, हामीले यो मुद्दालाई छोडेका छैनौँ र छोड्ने पनि छैनौँ । भ्रष्टाचारविरुद्धको अभियानलाई निरन्तरता दिनेछौँ ।” 

उनले भ्रष्टाचारको यो स्तरको प्रकरणलाई पार्टीले गम्भीरतापूर्वक लिने र तात्कालिक कार्यनीतिका सम्बन्धमा छलफल गरेर मात्र निष्कर्षमा पुग्ने बताए । “भ्रष्टाचारविरुद्धको लडाइँ हाम्रो प्राथमिकता हो, यसमा कुनै सम्झौता हुँदैन,” श्रेष्ठले भने ।

कार्यक्रममा उनले भ्रष्टाचारविरुद्धको अभियानलाई थप सशक्त बनाउँदै पार्टीले जनताको पक्षमा काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्