Logo
Logo

प्रचण्डले झापा पुगेर खुलाए भिजिट भिसा प्रकरण सहमतिको कारण 


4.1k
Shares

झापा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भिजिट भिसा प्रकरणमा सत्तारुढ दलहरूसँग विवेकपूर्ण सहमति गरेको बताएका छन् । शनिवार झापाको दमकमा पार्टीका पाँच मोर्चाको संयुक्त सम्मेलन उद्घाटनमा सम्बोधन गर्दै उनले निजामती, विद्यालय र नागरिकता ऐनको संवेदनशीलतालाई ध्यानमा राखी संसद् अवरोध गर्न नहुने निष्कर्षमा पार्टी पुगेको बताए ।

“हामीले सरकारलाई छानबिनका लागि बाध्य बनायौँ, यो जनताको हितका लागि हो,” प्रचण्डले भने, “केहीले जमिन भासिएको जस्तो गरे, यो गलत हो । हामीले विवेकसहित निर्णय गरेका छौँ ।” उनले आफू प्रधानमन्त्री हुँदा ती विधेयकहरू संसद्सम्म ल्याउन मिहिनेत गरेको र तिनलाई पारित गर्ने जिम्मेवारी माओवादीको भएको जिकिर गरे ।

शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन महत्त्वपूर्ण प्रगति भएको उल्लेख गर्दै प्रचण्डले संसद् अवरोधले जनताका मुद्दा थाती रहने बताए । “यस्तो बेला अवरोध गर्नु भनेको ऐनहरू पारित हुन नदिनु र जनताका मुद्दालाई रोक्नु हो, यो हाम्रो निष्कर्ष हो,” उनले भने ।

प्रतिक्रिया दिनुहोस्