Logo
Logo

सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशविरुद्ध संसदीय समितिद्वारा उजुरी आह्वान


630
Shares

संसदीय सुनुवाइ विशेष समितिले सर्वोच्च अदालतमा नियुक्तिका लागि सिफारिस ३ जना न्यायाधीशविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको छ ।  सिंहदरबारमा शनिवार बसेको समिति बैठकले न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरेका तीनै जना न्यायाधीशविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो ।

यही जेठ २७ गते बसेको न्याय परिषद् बैठकले वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडे र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापालाई सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो । प्रस्तावित सर्वोच्च अदालतका तीनै जना न्यायाधीशको सुनुवाइका लागि उजुरी आह्वान गरिएको समितिका सभापति इश्वरीदेवी न्यौपानेले जानकारी दिइन् । 

समितिले १० दिन भित्र आह्वान गरिएको उजुरीमाथि छानबिन गरी प्रस्तावित न्यायाधीशहरूको सुनुवाइ गर्नेछ । संसदीय सुनुवाइ विशेष समितिले अनुमोदन गरेपछि प्रस्तावित न्यायाधिशहरु राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । बैठकमा समिति सदस्यहरूले न्यायपरिषद्का सिफारिस समावेशी नभएको भन्दै आपत्ति जनाएका थिए । 

प्रतिक्रिया दिनुहोस्