Logo
Logo

गणतन्त्र विरोधी शक्तिविरुद्ध लड्नुपर्ने अवस्था आयो : प्रचण्ड


504
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान राजनीतिक सङ्घर्ष यथास्थितिवाद, दलाल पुँजीवाद र गणतन्त्रविरोधी शक्तिहरूविरुद्ध केन्द्रित रहेको बताएका छन् । झापाको दमकमा कोच, धिमाल, मेचे, सन्थाल, झाँगड र उराऊसहित पाँच मोर्चाको संयुक्त सम्मेलनको उद्घाटनमा सम्बोधन गर्दै उनले यो कुरा व्यक्त गरे ।

The current image has no alternative text. The file name is: pr.gif

उनले भने, ‘हामी यथास्थितिवाद र प्रतिगमनविरुद्धको लडाइँमा छौँ । एकातर्फ दलाल पुँजीवादीहरूको घेराबन्दी छ भने अर्कोतर्फ गणतन्त्रविरोधी प्रतिक्रियावादी शक्तिहरूको चुनौती सामना गर्नुपरेको छ। हामीले यीविरुद्ध दृढतापूर्वक सङ्घर्ष गर्नुपर्छ ।’

प्रचण्डले हाल संसद् अवरोधको उद्देश्य सरकार ढाल्ने नभई भ्रष्टाचारविरुद्ध सुशासनको मुद्दालाई प्राथमिकता दिने रहेको प्रष्ट्याए । उनले माओवादी केन्द्रप्रति जनसमर्थन बढिरहेको बेला पार्टीलाई बदनाम गर्ने नियोजित षड्यन्त्र भइरहेको आरोपसमेत लगाए ।

प्रतिक्रिया दिनुहोस्