Logo
Logo

आज राति यी स्थानमा भारी वर्षाको सम्भावना 


3.3k
Shares

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिवार साँझ कोसी र बागमती प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । 

The current image has no alternative text. The file name is: rain.gif

महाशाखाले जारी गरेको पूर्वानुमानअनुसार आज राति कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थान, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

कोसी र मधेस प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना पनि छ । साथै, उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्छ । महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी जारी गर्दै कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थान, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

कोसी र मधेस प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको जोखिम छ। उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेकाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक र हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा आवश्यक सतर्कता र तयारी अपनाउन अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्