काठमाडौं । पाँचथरको हेवाखोलामा निर्माणाधीन बेलिब्रिज भाँचिँदा पाँच जना मजदुर गम्भीर घाइते भएका छन् । आज अपराह्न मेची राजमार्गअन्तर्गत हेवाखोलामा निर्माण भइरहेको उक्त बेलिब्रिज भाँचिएको हो ।

गत वर्षको बाढीले हेवाखोलाको पुरानो पुल बगाएपछि यातायातका लागि ड्राइभर्सन बनाइएको थियो । बर्खायाममा यातायात सहज बनाउन बेलिब्रिज निर्माणको काम अन्तिम चरणमा पुगेको थियो, तर जोड्ने क्रममा पुल भाँचिएको पाँचथरका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले बताए ।
उनका अनुसार पुल भाँचिनुको कारण अझै स्पष्ट भएको छैन । घाइते मजदुरहरूलाई तत्काल उपचारका लागि अस्पताल पठाइएको छ ।