काठमाडौं । इरानले अमेरिका, फ्रान्स र बेलायतलाई इजरायललाई समर्थन नगर्न चेतावनी दिएको छ । इरानको सरकारी सञ्चारमाध्यमका अनुसार, यदि यी देशहरूले इजरायललाई सहयोग गरेमा इरानले तिनका सैन्य अड्डा र जहाजहरूलाई निशाना बनाउनेछ ।

बेलायतले हालसम्म इरान-इजरायल द्वन्द्वबारे कुनै आधिकारिक टिप्पणी गरेको छैन, तर उसले कुनै पनि सैन्य कारबाहीमा संलग्न नभएको जनाएको छ । बीबीसीका अनुसार, इजरायलले पनि बेलायतसँग हालसम्म कुनै सहयोग मागेको छैन ।
यद्यपि, विगतमा इरानले इजरायलमा ड्रोन आक्रमण गर्दा बेलायतले साइप्रसबाट आरएएफ टाइफुन जेटहरू पठाएर ती ड्रोनहरूलाई खसालेको थियो ।
द्वन्द्वको सुरुवात शुक्रवार बिहान भएको थियो, जब इजरायलले इरानका विभिन्न स्थानमा हवाई हमला गरेको थियो । जवाफमा, इरानले इजरायलमाथि ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आफ्नो आणविक कार्यक्रमबारे सम्झौता गर्न आह्वान गरेका छन्, अन्यथा इजरायलले थप कडा आक्रमण गर्न सक्ने चेतावनी दिएका छन् ।