काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूको बैठक बोलाएका छन् । बैठक बिहान ९ बजे सिंहदरबारमा बस्ने सभामुखको सचिवालयले जनाएको छ ।

संसदको क्यालेन्डरलगायतका विषयमा छलफल गर्न बोलाइएको बैठकमा प्रमुख दलका प्रमुख सचेतक सहभागी हुनेछन् ।
प्रतिनिधि सभामा प्रतिपक्ष दलहरुले अवरोध गरिरहेका छन् । जसका कारण बजेटमाथिको छलफद अघि बढ्न सकेकको छैन । यसबारेमा पनि सभामुखले नियमित दलका प्रतिनिधिहरूसँग छलफल चलाइरहेका छन् ।