Logo
Logo

रास्वपा र राप्रपाले आजपनि संसदमा विरोध जारी राख्ने


1.1k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसदमा विरोध जारी राख्ने भएका छन् ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र उच्चस्तरीय छानविनको माग गर्दै रास्वपा र राप्रपाले सभामुख देवराज घिमिरे, प्रमुख दलका मुख्य सचेतक तथा सचेतकहरूसँगको बैठकमा संसदको अवरोध जारी राख्ने बताएका हुन् ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै माओवादी केन्द्र लगाायत विपक्षी दलहरुले जेठ १३ गतेदेखि संसद् अवरोध गर्दै आएका थिए । तर, भिजिट भिसा प्रकरणमा दुई बुँदे सहमतिसँगै माओवादी केन्द्रले भने सदनमा अवरोध नगर्ने भएको छ ।

माओवादी पछि हटेपनि रास्वपा र राप्रपाले विरोध कायमै राख्ने बताएका हुन् । संसद अवरुद्ध हुँदा बजेटमाथिको छलफल समेतको कार्यतालिका प्रभावित भएको छ ।

प्रतिक्रिया दिनुहोस्