Logo
Logo

हेवा खोलाको बेलिब्रिज भाँचिएको घटनाबारे छानबिन गर्न समिति गठन


630
Shares

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मेची राजमार्गस्थित हेवा खोलामा निर्माणाधीन पुल भाँचिएको घटनाबारे छानबिन गर्न समिति गठन गरेको छ ।

मन्त्री देवेन्द्र दाहालले मन्त्री स्तरीय निर्णय गर्दै सडक विभागका उपमहानिर्देशक ललिजन खनालको संयोजकत्वमा पाँच सदस्यीय अध्ययन तथा छानबिन समिति गठन गरेका हुन् ।

गठित समितिमा संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय दमकका प्रमुख विनोदकुमार मौवार, सडक डिभिजन कार्यालय बुटवलका प्रमुख जीवेन्द्र मिश्र, दमक डिभिजन प्रमुख श्यामकुमार यादव र सडक विभागका सिडीई अमितकुमार वर्मा सदस्य रहेका छन् ।

समितिलाई सो पुल भत्किनुको कारण, भविष्यमा यस्ता घटना हुन नदिन अपनाउनु पर्ने सुझाव तथा सो स्थानमा तत्काल अस्थाई रूपमा यातायात सञ्चालन गर्ने विषयमा समेत स्थलगत अध्ययन तथा छानबिन गरी ७ दिनभित्रमा प्रतिवेदन पेस गर्ने भनिएको छ ।

फदिम–ताप्लेजुङ सडकखण्डमा पर्ने फिदिम ४ र हिलिहाङ ७ जोड्ने उक्त निर्माणाधिन पुल भाचिँदा काम गरिरहेका तीन मजदुरहरूको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्