
काठमाडौं । काठमाडौंको बूढानीलकण्ठमा दुई जनाको शव भेटिएको छ । धादिङ बैरेनीकी अन्जना पाख्रिन र एकजना भारतीय नागरिक परम नारायण गिल कोठाभित्रै मृत अवस्थामा भेटिएका हुन् ।
प्रहरीले यसलाई ‘शंकास्पद घटना’ भनेको छ । धादिङकी पाख्रिन भारतीय नागरिक गिलले नै सञ्चालन गर्दैै आएको प्रेसमा काम गर्ने गरेको पाइएका छ ।
प्रहरीका अनुसार अञ्जना टाउकोमा चोट लागेको अवस्थामा सोफामाथि र परमनारायण भुइँमा मृत अवस्थामा भेटिएका थिए । घटना सम्बन्धमाा थप अनुसन्धान भइरहेको काठमाडौं प्रहरीका एसपी अपिल बोहोराले जानकारी दिए ।














