
काठमाडौं । प्रतिनिधिसभा बैठक चलिरहँदा राप्रपाका सांसदहरु बाहिरिएका छन् । प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै रास्वपा र राप्रपाका सांसदले भिजिट भिसा प्रकरणमा आफुहरुको माग यथावत रहेको भन्दै विरोध जनाएका थिए ।
सभामुख देवराज घिमिरेले समय दिएपनि राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले दादागिरी गरेर सदन चलाउन खोजिएको भन्दै गृहमन्त्रीको राजीनामा र भिजिट भिसा प्रकरणको छानबिनको माग यथावत् रहेकोले नबोल्ने बताए ।
त्यसपछि उनीहरुको विरोध सभामुखले बेवास्ता गर्दै सदन अघि बढाएपछि राप्रपाका सांसदहरु बैठकबाट बाहिरिएका हुन् ।
रास्वपाका सांसद भने बेल घेराउसहित निरन्तर नाराबाजी गरिरहेका छन् । दुई दलको विरोधका बीच प्रतिनिधिसभा बैठक जारी छ ।











