काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष एवं सांसद राजेन्द्रप्रसाद पाण्डेले प्रतिपक्ष दलहरूले संसद्मा अवरोध गरिरहेको बेलामा संसद् बैठक चलाउन उचित नभएको बताएका छन् ।

आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले प्रतिपक्षी दलहरू विरोधमा रहेको समयमा सभा सञ्चालन गर्नु राम्रो नभएको बताएका हुन् । उनले अर्थमन्त्रीले बजेट प्रस्तुत भएपछि बजेटसँग सम्बन्धित कतिपय महत्त्वपूर्ण विषयहरूमा संसद्मा धारणा राख्ने तर प्रतिपक्ष दलहरू नाराबाजी गर्दै गर्दा सभा सञ्चालन हुँदा कुनै कुरा नबुझेको बताए । उनले बैठक स्थगित गरी सहमति गरेर मात्रै सञ्चलन गर्न आग्रह गरे ।